🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साउदी रियाल देखाई १४ लाख २१ हजार ठगी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं, साउदी रियाल देखाई १४ लाख २१ हजार ५ सय रूपैयाँ ठगी गरी फरार रहेको अभियोगमा ३ जनालाई २०८१ जेठ १८ गते शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-१२ जिनाखु घर भएका ३५ वर्षीय दिपक तामाङ,  ४९ वर्षीय टेक बहादुर घिसिङ र ३६ वर्षीय निर बहादुर तामाङ रहेका छन् ।

    रामेछाप घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-५ हरियालीनगर बस्ने ५८ वर्षीया महिला समेतका मानिसहरूलाई साउदी रियाल देखाई फाईदा हुने प्रलोभनमा पारी सुनका विभिन्न गरगहना तथा नगद समेत गरी जम्मा १४ लाख २१ हजार ५ सय रूपैयाँ बराबरको धनमाल ठगी गरी फरार रहेको अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुर र वौद्धको संयुक्त प्रहरी टोलीले काठमाडौं गोकर्णेश्‍वर नारायणटारबाट पक्राउ गरेको हो ।

    उनीहरूबाट साउदी अरेबियाको रियाल १ सय दरको २ थान, नेपाली रूपैयाँ १० दरको १ सय थान, प्रदेश १-०५-००१ प ८०३७ नम्बरको मोटरसाइकल १ थान, बा.४६ प ९७७५ नम्बरको स्कुटर १ थान र मोबाईल ३ थान बरामद भएको छ ।

     उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त वौद्ध पठाइएको छ ।