🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई

म्याग्दी, १८ जेठ : बेनीमा बिहीबार सम्पन्न रु. २ लाख पुरस्कार राशिको ‘प्रथम म्याग्दी युवा कप’ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको वौदीकाली गाउँपालिकाले जितेको छ । 

राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगिताअन्तर्गत महिला भलिबलको उपाधि धादिङ स्पोर्टस् क्लबले जितेको छ । तेह्र समूह सहभागी पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा बौदीकालीले बागलुङको गलकोट नगरपालिकालाई दुईका विरुद्ध तीनको सोझो सेटमा पराजित गरेको हो ।  

पुरुषतर्फ बेनी नगरपालिका तेस्रो र रघुगङ्गा गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छभने महिलातर्फको फाइनलमा धादिङले म्याग्दीको मङ्गला गाउँपालिका–२ सहश्रधाराको मालिका स्पोर्टस् क्लबलाई सोझो तीन सेटमा पराजित गरेको थियो । 

बागलुङ नगरपालिका तेस्रो र म्याग्दी भलिबल सङ्घ सान्त्वना पुरस्कार पाएको छ । पुरुषतर्फ प्रथम, दृतीय, तृतीय हुने समूहले पदक र प्रमाणपत्रसहित क्रमशः  नगद रु. दुई लाख, एक लाख २० हजार र ५० हजार प्राप्त गरेका छन् । 

यसैगरी, छ समूह सहभागी महिलातर्फको खेलका विजेता, उपविजेता, तेस्रो हुने समूहले क्रमशः नगद रु. ८० हजार, ६० हजार र २० हजार प्राप्त गरेका छन् ।  

राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)  गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदीले पुरस्कार प्रदान गर्नुभएको हो । 

चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको समापन कार्यक्रममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले खेलकुद क्षेत्रको विकासका लागि प्रशिक्षण र पूर्वाधार निर्माणमा जोड दिनुभएको थियो ।  
–––