🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनमतको नेतृत्वमा मधेश प्रदेशमा सरकार बनाउने सहमति

धनुषा । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिएको छ । बिहीबार बसेको दलहरूको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो । 

\"\"

(मुख्यमन्त्रीका दावेदार जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, हाल मन्त्री )

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ ।’

जनमतको नेतृत्वमा सरकार बनाउने ५ दलबिच सहमति भएको भनिएपनि विज्ञप्तिमा भने ३ दलको मात्रै हस्ताक्षर रहेको छ । नेपाली कांग्रेससहित जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेर सरकार बनाउने छलफल भइरहेको बेला प्रमुख दल एमाले, माओवादी केन्द्र र जनमतबीच यस्तो सहमति भएको हो ।

मधेशमा कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेमा बहुमत पुग्ने देखिन्छ । १०७ सदस्यीय प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद गरि ५७ मत हुन्छ, जुन बहुमतका लागि आवश्यक ५४ भन्दा बढी हो ।

प्रदेशमा एमालेका २५, जनमतका १३ र माओवादी केन्द्रका ७ सांसद रहेका छन् । २०८१ वैशाख ३० गते एमाले र माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा रहेका छन् ।

२०८१ जेठ २१ गतेदेखि प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । साथै मुख्यमन्त्री यादव यही जेठ २३ गते प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेका छन्  ।

  

\"\"