🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा दिएन : क्यान

काठमाडौं । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक अमेरिकाको भिसा दिन अस्वीकार गरेको छ। परराष्ट्र मन्त्रालयको कूटनीतिक नोटपछि बिहीबार अन्तर्वार्तामा बोलाइएका लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् । सरकार र आईसीसीबाट आवश्यक पहल गर्दासमेत अमेरिकी दूतावासले भिसा दिन असमर्थता जनाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

'संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आईसिसी पुरुष टी-२० विश्वकप २०२४ मा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भ्रमणको निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदासमेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दीप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहन्छौं,' सचिव खड्काले विज्ञप्तिमा भनेका छन् ।

यसअघि गत गत जेठ ९ गते पनि अन्तर्वार्तामा गएका सन्दीप लामिछानेलाई दूतावासले भिसा दिन अस्विकार गरेको थियो । लामिछानेलाई हालै उच्च अदालत पाटनले बलात्कार अभियोगबाट सफाइ दिएको थियो ।

\"\"