🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री कपमा कोशीले प्लेअफ खेल्ने पक्का

काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटमा कोशी प्रदेश ७ विकेटले विजयी भएको छ ।

मूलपानी क्रिकेट मैदानमा कोशीले लुम्बिनी प्रदेशलाई पराजित गरेको हो ।

जितसँगै कोशी दोस्रो स्थानमा रहेर प्लेअफ खेल्ने पक्का भएको छ । कोशीले ७ खेलमा १२ अंक बटुलेको छ ।

अपराजित रहेको एपीएफ १४ अंकका साथ शीर्ष स्थानमा छ । लुम्बिनीको भने यो पाँचौं हार हो । लुम्बिनी तालिकाको छैटौं स्थानमा रहेर प्रतियोगिताबाट आजै बिदा भएको छ ।

आजको खेलमा लुम्बिनीले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर निर्धारित २० ओभरमा ६९ रन बनाएको थियो । जबाफमा कोशी प्रदेशले १०.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

कोशीलाई जित दिलाउन कप्तान रुविना क्षेत्रीले ४४ रनको पारि खेलिन् । उनले ३४ बलमा ८ चौका प्रहार गरिन् । यस्तै काजल श्रेष्ठको ब्याटबाट १३ बलमा १३ रन बन्यो ।

अप्सरी बेगम २ रनमा आउट हुँदा लकिता राजवंशी ५ रनमा नटआउट रहिन् । लुम्बिनीका लागि कृतिका मरासिनीले २ तथा मधु डिसीले एक विकेट लिइन् ।

पहिला ब्याटिङ गर्दा लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले सर्वाधिक १७ रन बनाउँदा आश्मा पुलामी मगरले १६ रनको पारि खेलिन् ।

अन्त्यमा मनीषा रानाले १२ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाएनन् ।

कोशीकी रुविना क्षेत्रीले सर्वाधिक ४ विकेट लिँदा संगीता राईले २ विकेट लिइन् । यसैगरी सबनम राई, अप्सरी बेगम र एलिसा केडियाले एक–एक विकेट लिए ।