🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माधव नेपाल समीकरण भन्दा बाहिर जानुहुन्न- प्रधानमन्त्री दाहाल

विराटनगर । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने दाबी गरेका छन् । 

विहीबार बिहान विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुराकानी गर्दै आफूसँग भएको कुराकानी अनुसार नेपाल समीकरण भन्दा बाहिर नजाने बताएको स्पष्ट गरेका हुन् । 

उनले भने- 'माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ ।' प्रधानमन्त्री प्रचण्डले मधेस प्रदेशमा पनि समीकरण भाड्न बाहिर कोही नजाने दाबी गरेका छन् ।

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण तरंगित बनेको छ । देउवाले मधेश प्रदेशमा एकीकृत समाजवादीलाई साथमा लिएर जसपा नेपाल र लोसपासहितको सरकार बनाउने प्रयास थालेका छन् ।

‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गर्न प्रधानमन्त्री विराटनगर पुगेका हुन् ।