🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दशैँ उमंगका साथ मनाइयो, काठमाडौँमा चहलपहल बढ्यो

काठमाडौँ, १४ असोज (रासस) : आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ । आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी हर्षोल्लास र उमंगका साथ दशैँ पर्व मनाएका हुन् । बडादशैँको दशौँ दिन आज राष्ट्रप्रमुखदेखि सर्वसाधारणसम्म टीका र आशिर्वाद थाप्न दिनभर व्यस्त रहे । दसैँका बेला लगभग फूलपातिदेखि सुनसान जस्तै बनेको उपत्यकामा आज टीकापछि चहलपहल बढेको छ । आज दिनभर सर्वसाधारण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन हिँडेका देखिन्थे । दुई÷तीन दिनदेखि उपत्यका सुनसान भएपनि आज बेलुकादेखि काठमाडौँ उपत्यकामा सवारी साधन बाक्लिँदै गएका छन् । –––