🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चार महिनाभित्रै भ्रष्टाचारका ३९ मुद्दा दर्ता

कावासोती, २८ कात्तिक (रासस) : नवलपरासी पूर्व नवलपुरमा चार महिनाको अवधिमा ३९ वटा भ्रष्टाचारका मुद्दा दर्ता भएका छन् । 

चालू आर्थिक वर्षको चार महिनामा सो सङ्ख्यामा मुद्दा दर्ता भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थले जानकारी दिए  ।

उनका अनुसार दर्ता भएका मुद्दामध्ये शिक्षा क्षेत्रका १९ मुद्दा रहेका छन् । खास गरेर विद्यालयको भवन निर्माण गुणस्तहीन बनाइएका, कर्मचारी भर्नामा अनियमितता, छात्रवृत्ति रकम दुरुपयोग, पाठ्यपुस्तकको रकम दुरुपयोगजस्ता उजुरी रहेका कार्यालय प्रमुख पन्थले बताए  । 

यसैगरी नगरपालिका र गाउँपालिकामा निर्माण क्षेत्रमा अनियमितता, उपभोक्ता समितिमार्फत भएका काम गुणस्तरहीन, वडाध्यक्षले वडाका काम आफुखुशी आफ्नै साधन प्रयोग गरी गर्ने गरेकालगायतका ११ मुद्दा दायर भएका छन् । 

नवलपुर क्षेत्रबाट वनसँग सम्बन्धित तीन, जलस्रोत तथा सिँचाइका दुई, भूमि, भौतिक पूर्वाधार, गृह र शहरी विकाससम्बन्धी एक/एक मुद्दा दायर गरिएका छन् । दर्ता भएका मध्ये १६ मुद्दा फछ्र्योट भएका र २४ मुद्दा अनुसन्धानका क्रममा रहेका बताइएको छ । 
–––