🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इन्डियन प्रिमियर लिग (आईपीएल) : प्लेअफको समीकरण पूरा

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफको समीकरण पूरा भएको छ । समूह चरणका खेल सकिएसँगै आईपीएलको प्लेअफको समीकरण पूरा भएको हो । 

शनिबार सम्पन्न अन्तिम दुई खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको थियो भने कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल बर्षाले रद्ध भएको थियो  ।

आईपीएलको यस सिजनमा कोलकोता २० अंकसहित शीर्ष स्थानमा रहेको छ भने सनराइजर्स १७ अंकरहित दोस्रो स्थानमा रहेको छ  । अब पहिलो क्वालिफायरमा कोलकाता र सनराइजर्स खेल्ने छ । यो खेल अहमदावादमा आगामी मंगलबार हुने छ ।

त्यस्तै १७ अंकसहित रनरेटको आधारमा राजस्थान रोयल्स तेस्रो स्थानमा रहेको छ र १४ अंकसहित रोयल च्यालेन्जर्स बैंगलुरु चौथो स्थानमा रहेको छ । अब इलिमिनेटरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्ने छन्  । इलिमिनेट खेल मे २२ बुधबार अहमदावादमै हुनेछ  ।

पहिलो क्वालिफायरमा विजयी हुने टिम सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने छ । दोस्रो क्वालिफायर खेल मे २४ शुक्रबार चेन्नईमा हुने छ  ।

त्यस्तै यस सिजनको फाइनल खेल मे २६ (आइतबार) मा चेन्नईमा हुने छ  ।