🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि नपाउँदा जनता मारमा

मुगु, ५ जेठ । जिल्ला अस्पताल मुगुमा सामान्य औषधीको समेत अभाव हुन थालेको छ। औषधी अभाव हुँदा सरोकारवाला निकायले भने यस समस्याको दीर्घकालीन समाधानमा कुनै चासो दिएका छैनन् ।

औषधी अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफैँ बिरामी सैय्यामा परे जस्तै छ । सरकारले ९८ प्रकारका नि:शुल्क औषधी वितरण गर्ने भनिए पनि दुर्गम हिमाली जिल्ला मुगुमा सामान्य सिटामोलसमेत पाउन गाह्रो हुँदै आएको छ ।

सदरमुकाम गमगढी बजारबाट बाहिर हेर्दा चिटिक्क देखिने जिल्ला अस्पताल मुगु, सेवा सुविधाको नजरबाट हेर्दा आफैँ थला परेको छ । बिरामी परेर उपचार खोज्दै आएका मुगालीहरूले गतिल्लो उपचार नपाएको भन्दै दुखेसो पोख्ने गरेका छन् ।

मुगुको खत्याड गाउँपालिका-९ का राजकुमार लावड सामान्य बिरामी परेपछि जिल्ला अस्पताल मुगेका थिए । तर, उनले अस्पतालमा सिटामोलसमेत पाउन सकेनन् । ज्वरो आउने, खोकि लाग्ने, कान दुख्ने जस्ता समस्या देखिएपछि आफू अस्पताल पुगेकोमा सिटामोल  पनि पाउन नसकेको उनको गुनासो छ ।

१५ सैय्याको जिल्ला अस्पताल मुगुमा उपचारका लागि मुगुका मात्र नभई छिमेकी जिल्ला हुम्लाका केही क्षेत्रका नागरिक पनि आउने गरेका छन् । मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

औषधी अभाव हुँदा पनि सम्बन्धित निकाय बेखबर रहेको नागरिकहरूको दुखेसो छ । जिल्ला अस्पताल मुगुले अहिलेमात्र नभई  समय समयमा औषधी अभाव खेप्दै आइरहेको छ । 

गत भदौ महिनामा खरिद गरिएको औषधीले अहिलेसम्म काम चलेको अस्पताल प्रशासनले जनाएको छ । अहिले गत वर्ष खरिद गरिएका औषधीले धानिरहेको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डाक्टर कमल ढुङ्गनाले बताए ।

सामान्य बिरामी हुँदासमेत उपचार नपाएपछि नागरिक भने मारमा छन् । गाउँमै अस्पताल भएर पनि आफूहरूले सास्ति खेप्नु परेको उनीहरूको गुनासो छ ।