🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्राइम बैंकले ओमलाई प्राप्ति गर्ने :  पूँजी रु १० अर्बमाथि पुग्ने

काठमाडौँ, २५ कात्तिक (रासस) : प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले प्राप्तिका लागि सैद्धान्तिक स्वीकृति दिएको र त्यसको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई समेत गराएको छ । 

ओमलाई प्राप्ति गरेपछि प्राइमको कूल चुक्ता पूँजी रु १० अर्बमाथि पुग्नेछ । हाल दुवै बैंकको सम्पत्ति मूल्याङ्कनको काम भइरहेको छ । कास्कीलाई केन्द्र बनाएर कारोवार गरिरहेको ओमको कूल शाखा ५५ रहेका छन् भने ‘क’ वर्गको प्राइमको ६५ शाखा सञ्चालनमा छन् । 

सैद्धान्तिक सहमति प्राप्त गरेको तीन महीनाभित्रमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार वित्तीय संस्था एकापसमा गाभिने प्रक्रियाका लागि साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी सक्नुपर्नेछ । पछिल्लो दिनमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई गाभ्न प्रेरित गर्दै आएको छ । 
–––