🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुनचाँदीको भाउ घट्यो 

काठमाडौँ, २५ कात्तिक (रासस) : सुन तोलामा रु एक हजारले घटेको छ । आज छापावाल सुन प्रतितोला रु ५९ हजार र तेजाबी सुन प्रतितोला रु ५८ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

गत मङ्गलबार छापावाल सुन प्रतितोला रु ६० हजारमा कारोवार भएको थियो । त्यसपछि तिहारका लागि बन्द भएको कारोवार आजदेखि पुनःसञ्चालन भएको छ ।

अन्तरराष्ट्रिय बजारमा ‘पहेँलो धातु’को भाउ घटेकाले तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासङ्घले जनाएको छ । यस्तै चाँदी आज रु २५ घटेर तोलामा रु ७४५ मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 
–––