🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्यालिफोर्नियामा रात्रिक्लवमा गोली प्रहार, १२ जनाको मृत्यु

आउजेण्ड ओक्स, संयुक्त राज्य अमेरिका, २३  कात्तिक : संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ । 

घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार राती ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो । 

राती भएको घटनामा सबैजना मदिरालयमा मारिएका भेटिएको प्रहरीले जनाएको छ । अमेरिकामा दुई हप्ताभित्रै सामूहिक गोली आक्रमण भएको छ । पहिल्लो आक्रमणमा प्रहरी अधिकारीको मृत्यु भएको पाइएको छ भने आक्रमणकारी पनि घटनास्थलमा नै मारिएको अवस्थामा भेटिएका छन् । 

तर समाचार तयार पार्दासम्म आक्रमणकारीको प्रहरी कारबाहीमा गोली लागेर मृत्यु भएको हो वा उसलाई अन्य कसैले प्रत्याक्रमण गरेको थियो अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार आक्रमणकारीले आफैलाई समेत गोली हानेको हुनसक्ने बताइएको छ । 

भेन्चुरा काउन्टीका सेरिफ जिअफ डिनले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार मारिनेमा बन्दूकधारी आक्रमणकारी पनि रहेका छन् । आक्रमणकारी ती व्यक्तिको पहिचान खुलिसकेको छैन । 

प्रहरीलाई गोलकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन नसकेको तर अनुसन्धान जारी रहेको डिनले बताए । 
घटनामा आतङ्ककारी समूहको सम्लग्नता रहेको कुनै आधार फेला परिनसकेको र यसबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले अधिकारी डिनले बताए  ।