🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले पर्साको पाँच पदाधिकारीको टुङ्गो लाग्योे

वीरगञ्ज पर्सा, :  नेकपा (एमाले) पर्सा जिल्लाको अध्यक्षसहित पाँच पदाधिकारीको टुङ्गो लागेको छ । अध्यक्ष पदमा अध्यक्षमा डा विश्वम्भर शर्मा यसअघि नै निर्विरोध चयन हुनुभएको थियो । तर, उपाध्यक्षसहित अन्य चार पदाधिकारीको टुङ्गो २०८१ वैशाख २३ गते  बेलुकीपख मात्रै लागेको हो ।

प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले चार पदाधिकारीको टुङ्गो वैशाख २३ गते लागेको बताउनुभयो । नेकपा एमाले पर्सा जिल्लाको उपाध्यक्ष पदमा मनोज गुप्ता विजयी हुनुभएको छ । गुप्तासँग लालबाबु शेख प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

सचिव पदमा महेशदास विजयी हुनुभएको छ । सचिव पदमा अर्का उम्मेदवार नवराज शर्माले प्रतिस्पर्धा गर्नुभएको थियो । सहसचिवमा नविजान अन्सारी, महिला सहसचिवमा सीता लामा विजयी हुनुभएको छ ।

त्यसैगरी लेखा अध्यक्षमा शिवजी गुप्ता विजयी हुनुुभएको छ । नेकपा एमाले पर्सा जिल्लाको पाँच पदाधिकारीसहित एक सय २७ सदस्यको लागि निर्वाचन भएको हो ।

एमालेको नवौँ जिल्ला अधिवेशन वैशाख १७ गते  सोमबार उद्घाटनसत्र भएको थियो । अधिवेशनको मङ्गलबार बन्दसत्र सकिएसँगै निर्वाचन प्रक्रिया अघि बढेको थियो । आन्तरिक विवादको कारणले निर्वाचन प्रक्रिया केही दिन लम्बिएको थियो ।