🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुल वेस्टह्याम युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा लिभरपुलका लागि जारोड बोवेन र मिचैल एन्टोनीले एक- एक गोल गरेका थिए । त्यसैगरी वेस्टह्यामका लागि एक गोल आन्ड्रेउ रोबेर्टसनले गरेका थिए भने एक गोल अल्फोन्से एरेओलाले एक गोल आत्मघाती गोल गरेका थिए ।

यो बराबरीले लिभरपुललाई लिगको उपाधि दौड मुश्किल बनाएको छ । यो खेलपछि लिभरपुलको ३५ खेलमा ७५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । प्रिमियर लिगमा ३४ खेल खेलेको आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ भने ३३ खेल खेलेको म्यानचेस्टर सिटी ७६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी यो बराबरीपछि वेस्टह्यामको ३५ खेलमा ४९ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।