🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बालेनको जन्मदिनमा कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् ।

मेयर बालेनले आफ्नो कविता संग्रह अश्र सार्वजनिक भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् ।

बालेनको कविता संग्रह 'अश्र' बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । अश्रमा बालेनले लेखेका सयभन्दा बढी कविता संग्रहित छन् । संग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शन सम्बन्धी छोटा-छोटा कविताहरु छन् ।

संग्रहमा हरेक पृष्ठमा कवितासँग मिल्दा स्केच पनि कोरिएका छन् । कविता संग्रहको मूल्य ६६६ रुपैयाँ तोकिएको छ । कविता संग्रह अश्र शनिबारदेखि बजारमा उपलब्ध हुनेछ ।