🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जाभी बार्सिलोनामै रहने !

काठमाडौँ । जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने भएका छन् । यस अघि यस सिजनको अन्त्यपछि बार्सिलोना छोड्ने घोषणा गरेका जाभीले क्लबका अध्यक्ष र व्यवस्थापनका सिनियर पदाधिकारीहरुसँगको भेटपछि क्लबमै रहन सहमत भएका हुन् । यस अघि जाभीले पटक पटक आफ्नो निर्णय नबदल्ने बताउदै आएका थिए ।

तर पछिल्लो छलफलमा क्लबको अवस्था र भविष्यको योजनाको विषयमा स्पष्ट भएपछि उनले आफ्नो निर्णय बदलेको मिडिया रिपोर्टमा बताइएको छ । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले केहि दिनमै यस विषयमा घोषणा गर्ने बताइएको छ । 

जाभी २०२१ को नोभेम्बर ६ मा बर्सिलोनोको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा बार्सिलोनाले २३९ खेलमा १५२ खेल जितेको छ भने ४६ खेल हारेको छ । त्यस्तै ४१ खेल बराबरी खेलेको छ ।उनको नेतृत्वमा बार्सिलोनाले २-२२-२३ को ला लिगा र सुपर कोपा जितेको थियो ।

यस सिजनमा भने बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ भने ला लिगामा पनि ६ खेल खेल्न बाँकी हुदा रियल म्याड्रिडसँग ११ अंकले पछाडी रहेको छ ।