🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘संविधान कार्यान्वयन अत्यन्तै फितलो भयो’-अध्यक्ष दुजाङ शेर्पा

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले संविधानमा उल्लेख भएका व्यवस्थाहरु कार्यान्वयनको पाटोमा भने अत्यन्तै फितलो भएको बताएका छन् ।

\"\"
काठमाडौंमा २०८१ वैशाख १० गते सोमबार नेविसंघद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क गरिएको भनिए पनि तीन तहमा नै कार्यान्वयनको पाटोमा अत्यन्तै फितलो भएको बताए ।  

चाहे त्यो संघीय सरकारबाट किन नहोस् प्रदेश र स्थानीय सरकारबाट किन नहोस्, कार्यान्वयनको पाटोमा अत्यन्तै फितलो भएको कारण देशमा भ्रष्टाचारहरु बढिरहेको छ । आज व्यवस्था परिवर्तन त गरौं तर विद्यालय र विश्वविद्यालयको अवस्था परिवर्तन हुनै सकेन ।’

उनले भने, ‘नेपालको संविधान समाजवादउन्मुख छ । नेपालको सार्वभौम संसदमा प्रतिनिधित्व गर्नुहुने ९५ प्रतिशतभन्दा बढी संघीय सांसदहरुले समाजवादलाई आफ्नो विधानमा अपनाएर समाजवादउन्मुख संविधान भनेर त्यही नारा लिएर जनताको सामु भोट माग्न जान्छौं । संविधानमा माध्यमिक तहको शिक्षा निःशुल्क गरिएको भनिएको छ ।

   तर, चाहे त्यो संघीय सरकारबाट किन नहोस् प्रदेश र स्थानीय सरकारबाट किन नहोस्, कार्यान्वयनको पाटोमा अत्यन्तै फितलो भएको कारण देशमा भ्रष्टाचारहरु बढिरहेको छ । आज व्यवस्था परिवर्तन त गरौं तर विद्यालय र विश्वविद्यालयको अवस्था परिवर्तन हुनै सकेन ।’

शिक्षा प्रणालीलाई ध्वस्त पा¥यो भने त्यो देश आफै ध्वस्त हुने भनाइ चरितार्थ गर्ने गतिविधितर्फ मुलुक रहेको उनले दुखेसो गरे । मुलुकलाई भ्रष्टाचारमुक्त, सबैको विश्वास र आशाको केन्द्र बनाउन आवश्यक रहेको उनले बताए ।

उनले भने,‘आज देशमा हामी सबैको चासो भनेको सुशासन हो । भ्रष्टाचारमुक्त समाज हामी सबैको एउटा विश्वास र आशाको केन्द्र बनोस् भन्ने अभिलाषा छ ।’

सरकारले नेपाललाई एजुकेशन हब बनाउने भने तापनि नारा एकातिर तर व्यवहार अर्कोतिर भएको भनाइ उनले राखे ।