🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सम्बन्धविच्छेदमा महिला नै बढी

विदुर, १२ कात्तिक (रासस) : देवानी तथा फैज्दारी संहिता लागू भएपछि नुवाकोटमा सम्बन्धविच्छेद गर्नेमा पुरुषभन्दा महिला नै बढी छन् । नयाँ बनेको कानूनमा पुरुषले पनि सिधै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्न पाउने कानून बनेका कारण केही जिल्लामा सम्बन्धविच्छेद गर्नेमा पुरुषकै सङ्ख्या बढेपनि यहाँ भने महिला नै बढी रहेको नुवाकोट जिल्ला अदालत जनाएकोे छ । 

गत भदौ १ गतेदेखि उक्त अदालतमा अहिलेसम्म दर्ता भएका ३५ सम्बन्धविच्छेदका मुद्दामध्ये १३ पुरुष र २२ वटा महिलाले दायर गरेको उक्त अदालतका श्रेस्तेदार शिवप्रसाद बञ्जाराले बताए  ।

“अरु जिल्लामा भदौपछि उक्त मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुष नै बढी भएकामा यहाँ भने महिला नै बढी छन् सायद कसैलाई नयाँ कानूनबारे जानकारी नभएर पनि हुनसक्छ,” गत वर्ष उक्त अदालतमा १२६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ९९ वटा फछ्र्योट भएको र २७ बाँकी रहेको थियो । 
–––