🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देशको प्राकृतिक श्रोत आर्थिक विकासमा जोड्न सुझाव

काठमाडौं । उर्जा जल श्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न आवश्यक रहेको बताएका छन् ।

बैशाख ५ बुधबार  काठमाडौंमा आयोजित हरित हाइड्रोजन संवाद गो ग्रीन कार्यक्रममा उनले देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न सकेमा आर्थिक विकास र समृद्धिको सपना हासिल गर्न सकिने बताए ।

उनले भने,‘ हाम्रो देश जलश्रोतको धनी देश भनिरहेको छौं । हाम्रो प्राकृतिक श्रोतहरुको जुन उपलब्धता छ । यो उपलब्धताको दृष्टिबाट हेर्दा यी श्रोतहरुलाई हाम्रो आर्थिक विकासको यो अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गर्नका लागि र हाम्रो आर्थिक विकास र समृद्धिको सपना र आकांक्षालाई यथोचित ढङ्गले हासिल गरेर अगाडि बढ्न सकिन्छ ।’

मन्त्री बस्नेतले आज पनि देशमा पेट्रोलियम पदार्थ आयात गर्ने र भएका प्राकृतिक श्रोतहरुको समेत उपयोग गर्न नसकिनु दुखद कुरा भएको गुनासो गरे । आफूसँग उपलब्ध भएको श्रोतहरुको सही ढङ्गले उपयोग गर्न नसक्ने देशमा समृद्धिको यात्रामा प्रभाव पर्ने उनको भनाई छ ।

उनले भने, ‘आजको दिनमा पनि हामी पेट्रोलियम पदार्थ आयात गरिरहेका छौं । हामीसँग भएका प्राकृतिक श्रोतहरु जे छन् त्यसको उपयोग गर्न सकिरहेको छैनौं ।

जुन देशले आफूसँग उपलब्ध भएको श्रोतहरुको सहि ढङ्गले उपयोग गर्न सक्दैन । त्यो देशमा समृद्धिको यात्रामा कहिँ न कहिँ प्रभाव र असर परिराखेकै हुन्छ ।’