🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अस्वस्थ्यताका कारण प्रधानमन्त्री ओली चियापानमा अनुपस्थित

काठमाडौँ, १० कात्तिक  : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको छातीमा सङ्क्रमण देखिएपछि पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन सकेनन्। 

विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेकपाले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली आउने तय भए पनि अस्वस्थ्यताका कारण  आउन नसकेको उनका  स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । 

नेकपाका महासचिव विष्णु पौडेलले ''प्रधानमन्त्री ओलीलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा सङ्क्रमण देखिएकाले आउन नसके पनि भावनात्मकरुपमा उहाँ उपस्थित हुनुभएको'' प्रतिक्रिया दिए  ।