🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्रपाको द्वेध चरित्रः संविधान मानेर सांसद बन्ने अनि राजतन्त्र भन्दै जनतालाई सडकमा उतारेर लाठी खुवाउने ?!

 जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोध्छन्,‘तपाईं २०७२ सालको संविधानअनुसार चुनाव लडेको हो कि होइन् ?’ नेपालको संविधान, २०७२ मा कतै राजतन्त्र उल्लेख छैन् । हिन्दू राष्ट्र पनि भनिएको छैन । संविधानले त लोकतन्त्रको कुरा गरेको छ । २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा राप्रपा पनि होमिएको थियो । संविधान बमोजिम नै राप्रपाले जनतासँग भोट माग्यो ।

सरकारी गाडी नचढ्ने, तलबभत्ता नबुझ्ने, देशविदेश नघुम्ने घोषणा गरेचाहिं जनताले अलिकति भएपनि विश्वास गर्छन् कि । नत्र यस्तो पार्टीले देश र जनताको गीत नगाएकै बेश होला । एउटा सरकारी सेवासुविधा त त्याग्न नसक्नेले देश विकास गर्छन् ? सोखमा बाँचिरहेकाहरुबाट परिवर्तन हुन्छ ? भ्रष्टाचार गर्ने बानी लागेकाले देश सुधार गर्छन् ?

जनताले १४ सिट दिए । २०७९ पुस ११ गते राप्रपाबाट लिङ्देनसहित अन्य नेता मन्त्री खान पुगे । राप्रपासँग नैतिकता रहेछ त ? गम्भीर प्रश्न होइन् यो । जनतालाई कतिसम्म झुक्काउने ? कि हामी लोकतन्त्र मान्दैनौं भनेर राप्रपाका सबै सांसदले भटाभटी राजीनामा दिनुपर्यो । जनताले तिरेको करबाट तलबभत्ता खाने, सरकारी गाडी चढ्ने अनि देशमा राजा चाहियो भन्दै साेझासिधा जनतालाई प्रहरीको लाठी खुवाउने ?

\"\"
कतिसम्म सामन्ती र शोषकी सोच हो यो । कि सांसदको लोगो  बुझाऊ र सडकमा आउ कि यो ढोंग नरच । हामी २०७२ सालको संविधान मान्दैनौं, संसदमा जाँदैनौं भनेपनि एउटा कुरा । लोकतान्त्रिक व्यवस्थामा सांसद बन्ने, मन्त्री खाने अनि साेझासिधा युवालाई सडकमा उतार्ने ? यिनलाई जनताले कसरी पत्याउने ? राप्रपासँग के भिजन छ ? जनताले तिरेको करबाट तलबभत्ता खाने अनि सडकमा आउने ?

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि जतिपनि सरकार गठन भयो, त्यसमा कमल थापा मन्त्री खान पुगे । केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवाकै सरकारमा उनी मन्त्री थिए । त्यही हर्कतका कारण २०७४ सालको निर्वाचनमा राप्रपा एक सिटमा खुम्चियो । लिङ्देन मात्रै झापाबाट निर्वाचित भए । यस्तै चर्तिकलाले गर्दा २०८४ सालको चुनावमा राप्रपाको इतिहास नै सकिने देखिएको छ ।

जनताले राप्रपाका नेताहरुको दोहोरो चरित्र देखिसकेका छन् । राप्रपाका नेताहरुले देशमा पुनः राजतन्त्र फर्काउने भनेर पूर्वराजा ज्ञानेन्द्रबाट पैसा ल्याएर खाने गरेको आम जनताको बुझाइ छ । कमल थापाको राजनीति लगभग अन्त्य भइसकेको छ । उनले राजनीतिबाट सन्यास लिए हुन्छ । अब पालो लिङ्देनको हो । साेझासिधा युवालाई सडकमा ल्याउने, ट्राफिक जाम गराउने, आम जनतालाई दुःख दिने, शान्तिसुरक्षामा खलल पार्ने लिङ्देनले पहिले त आफ्नो धारणा स्पष्ट पार्नुपर्यो ।

आफूचाँहि यताबाट नि खाने, उताबाट नि खाने अनि जनताका छोराछोरीलाई सडकमा उतारेर पानीको फोहोरा, प्रहरीको लाठी खुवाउने ? जोसँग विचारधारा छैन्, सिद्धान्त छैन्, नैतिकता छैन्, उसको पछाडि दौडिनु एउटा बेवकुफी हो भन्ने कुरा जनताले पनि बुझ्नुपर्छ । यहाँ जसले पनि आफ्नो व्यक्तिगत स्वार्थ हेर्छ । जनता हिजोपनि सित्तैमा शहीद बनेका थिए, भोलि पनि सित्तैमा शहीद बन्छन् ।

पदमा पुग्नेहरुले पछि फर्किएर पनि हेर्दैनन् । यदि राप्रपाका नेताहरुसँग नैतिकता छ भने सडकबाटै सांसद पदबाट राजीनामाकाे घाेषणा गर । आफ्नो फाइदाका लागि बिनासित्ती जनताको छोराछोरीलाई लाठी नखुवाऊ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाका पीडितसँग के गरे ? सबैले देखेकै छौं । आफ्नो अस्पताललाई अदालतले इजाजत नदिऊञ्जेल उनले पीडितहरुलाई सडकमा उतारे ।

सर्वोच्च अदालतले इजाजत दिएपछि उनी गुपसुम छन् । प्रसाईंले त आफूले चाहेको कुरा पाए, उनको पछाडि दौडिनेले के पाए ? सबैले के बुझ्नुपर्छ भने अब २०४७ सालको संविधान ब्यूतिँदैन् । राप्रपाले लगाएको नारा कुनै हालतमा पनि पूरा हुने छैन् । पछिल्लो संविधानपछि मुलुकमा धेरै कानून बनिसकेको छ । प्रदेशको स्थापना भएको छ । माओवादीले जनयुद्धको क्रममा राखेको ४१ सूत्रीय माग त पूरा गरिसकेको छ ।

काँग्रेस, एमाले, मधेशी दलसँग मिलेर हुन्छ कि घुर्काएर देशमा संविधान त आयो । संविधान बन्यो, देशमा संघीयता आयो । राप्रपाले जेसुकै गरेपनि यो व्यवस्था फेरिनेवाला छैन् । १० वर्ष जनयुद्ध गरेर ल्याएको व्यवस्था मुखले भट्याउँदैमा परिवर्तन हुन्छ ? लिङ्देनले कि हतियार उठाएर अर्को जनयुद्ध गर्न सक्नुपर्यो कि अहिलेको व्यवस्था मान्नुपर्यो । राप्रपाले कहिलेसम्म जनतालाई ढाँट्ने ?
बाहिर जतिसुकै ठूला कुरा गरेपनि प्रचण्डको सामुन्ने सबै राजनीतिक दलको चुप हुन्छन् । नेतासँग आफ्नो भिजन राख्न सक्ने आँट हुनुपर्छ । त्याग गर्न सक्नुपर्छ । यो गर्न नसक्ने व्यक्ति कहिले नेता नै बन्न सक्दैन् । नेपालका जुनसुकै राजनीतिक दल हुन, तिनको सिद्धान्त आफैं खाऊँ र आफैं लाऊँ मात्र हो । ‘मुखमा रामराम, बगालीमा छुरा’ भन्ने चर्चित उखान नेपाली राजनीतिक दलका हर्कतसँग ठ्याक्कै मिल्दोजुल्दो छ ।

 राजाको पालामा समेत गृहमन्त्री भएका कमल थापाले जनतालाई ढ्याङढ्याङ् गोली हान्न लगाए । २०६२–६३ सालको १९ दिने आन्दोलनमा धेरैले ज्यान गुमाए । उनको निर्देशनले गर्दा प्रहरीले आँखा चिम्लेर गोली चलायो । नयाँ संविधान जारी भएपछि त्यही व्यक्ति तीन पटक मन्त्री भए । अनि यिनीहरुसँग नैतिकता छ ? राप्रपाले पनि अब त्यही खेल नखेलेपनि हुन्छ ।

  बरु, देशको आर्थिक अवस्था नाजुक छ । सरकारी गाडी नचढ्ने, तलबभत्ता नबुझ्ने, देशविदेश नघुम्ने घोषणा गरेचाहिं जनताले अलिकति भएपनि विश्वास गर्छन् कि । नत्र यस्तो पार्टीले देश र जनताको गीत नगाएकै बेश होला । एउटा सरकारी सेवासुविधा त त्याग्न नसक्नेले देश विकास गर्छन् ? सोखमा बाँचिरहेकाहरुबाट परिवर्तन हुन्छ ? भ्रष्टाचार गर्ने बानी लागेकाले देश सुधार गर्छन् ?

भिजनबिना जनतालाई सडकमा उतार्ने अनि मिडियाबाजी गर्ने । हामीले जनताको पक्षमा आवाज उठाथौं है भन्ने देखाउने खेल मात्र होइन् ? यिनीहरुको आन्दोलनको औचित्य के ? कि छिमेकीले लगेको नेपाली भूमि फिर्ता ल्याउन सक्नुपर्यो । कि विदेशी ऋण मिनाहा गर्नुपर्यो । आफ्नो अनुहार देखाउनका लागि जनतालाई दुःख दिन यिनीहरुलाई लाज लाग्दैन् ? यिनीहरुको कारणले हिजो जनताले एकदमै दुःख पाए ।

जनताको आवाज राख्न सदन छैन् ? सदनमा जनताको आवाज राख्न नसक्ने अनि सडकमा उत्रिएर जनतालाई दुःख दिने ? यस्ता ढोंगी अनुहारहरु जनताले चिनिराख्नुपर्छ । यिनीहरु ‘फटाहा’ हुन् भन्ने छर्लङ्ग भइसकेको छ । जनताले तिरेको कर खाने पनि लिङ्देन, जनतालाई दुःख दिनेपनि लिङ्देन । अब यस्तो नौटंकी बन्द गरौं । किन कि जनता आजित भइसकेका छन् ।