🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बिजुलीले झलमल्ल चितवनको दुर्गम गाउँ मायाटार

भरतपुर (चितवन), २५ चैत: चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको बताउनुभयो । 

विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो डाँडा, तेर्सेगाउँ, डाँडागाउँ, हेप्चे र घुर्केसलगायत एक सय घर बढीमा बिजुली पुगेको अध्यक्ष गुरुङले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र र इच्छाकामना गाउँपालिकाको सहयोगमा विपन्न परिवारलाई ‘मिटर बक्स, केबल र एमसिभी’ वितरण गरिएको छ ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष गुरुङ, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङले सो क्षेत्रका विपन्न ६० घरमा निःशुल्क मिटरबक्स, कबललगायत  उपकरण निःशुल्क वितरण गर्नुभयो । प्राविधिकले तिनलाई जडान पनि गरेका छन् । 

इच्छाकामना गाउँपालिका–१ को दुई सय घरमा विद्युत् सेवा पुगेपछि गाउँ नै झलमल्ल भएको छ । वैशाख लागेपछि बाँकी क्षेत्रमा पनि सेवा विस्तार गरिने प्राधिकरणले जनाएको छ । 
–––