🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अस्पतालबाट बच्चा चोर्ने भारतीय गिरोह पक्राउ, तीन नवजात शिशुको उद्दार

नयाँदिल्ली । भारतकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले देशभर बाल बेचबिखन गर्ने गिरोह पर्दाफास गरेको छ ।  अनुसन्धान एजेन्सीले शुक्रबार दिल्ली र हरियाणाका ७ स्थानमा छापा मारेको थियो। यस क्रममा दिल्लीको केशवपुरमको एउटा घरबाट तीन नवजात शिशुको उद्धार गरिएको थियो ।

तीमध्ये दुई जना बालक छन्, जसमध्ये एउटा डेढ दिनको र अर्को १५ दिनको छ । एउटी छोरी करिब एक महिनाकी छिन् । सीबीआईले अस्पतालका वार्ड ब्वाई सहित ७ जनालाई पक्राउ गरेको छ । जसमा धेरै महिलाहरु परेका छन् ।

सीबीआई स्रोतका अनुसार आरोपीहरूलाई एनसीआर क्षेत्रबाट पक्राउ गरिएको हो। यी मानिसहरू अस्पतालबाट नवजात शिशुहरू चोर्ने गर्थे। त्यसपछि कालोबजारीमा सामानजस्तै कारोबार भयो । बच्चाका लागि करिब ४ देखि ५ लाख रुपैयाँमा सम्झौता हुन्थ्यो । मार्चमा मात्रै करिब १० बालबालिका बेचिएका छन् ।

खोजी कार्यका क्रममा साढे पाँच लाख नगद र धेरै कागजपत्र लगायत आपत्तिजनक वस्तु बरामद भएको छ । सीबीआईले धेरै राज्यहरूमा बाल बेचबिखनको अनुसन्धान गरिरहेको छ। देशका धेरै ठूला अस्पताल बाल बेचबिखनको चपेटामा परेका छन् ।