🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तीन रेल सेवाको सर्भेक्षण हुँदै

काठमाडौँ, ८ कात्तिक (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताएका छन् । 

भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरीसँग कुरा गर्दै उनले सरकारले कृषिको आधुनिकीकरण, ऊर्जा, रेलमार्ग र अन्य विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढेको बताए । 

महासचिव यचुरीले नेपालको विकास, ऊर्जा र पयर्टनका सम्भावनाका बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले विद्युत् उत्पादनलाई प्राथमिकतामा राखिएको तथा सौर्य ऊर्जा, जीओ थर्मल र गुरुत्व आकर्षणबाट विद्युत् उत्पादन गर्ने प्रक्रिया पनि अघि बढेको बताए ।

सो अवसरमा भाकपा(माक्र्सवादी)का केन्द्रीय सदस्य जोगेन्द्र शर्मा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, नेकपाका केन्द्रीय सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र विष्णु रिजाल सहभागी थिए  । 
–––