🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इन्डियन प्रिमियर लिग (आईपीएल) : लगातार तेस्रो खेलमा हार्यो मुम्बई इण्डियन्स

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इण्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १२६ रनको लक्ष्य पछाएको राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाँउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन मात्र बनाएको थियो ।

यस सिजनमा मुम्बई इण्डियन्सको लगातार तेस्रो हार हो । त्यस्तै राजस्थान रोयल्सले भने यस सिजनमा लगातार तेस्रो जित हासिल गरेको छ । ३ खेलमा ६ अंक हासिल गरेको राजस्थान अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।