🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शेयर बजार : सामान्य अङ्कले घट्यो

काठमाडौँ, ६ कात्तिक(रासस) : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक ३ दशमलब ४८ विन्दुले घटेर एक हजार २४१ दशमलब ६ विन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६९ विन्दुले घटेर २६४ दशमलब ३१ विन्दुमा पुगेको छ । 
नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ । 

कूल १५५ कम्पनीको आठ लाख ४२ हजार १९८ कित्ता शेयर रु १९ करोड ८७ लाख ७५ हजार ८३४ मूल्यमा खरिद बिक्री भएको छ । 

कारोवार भएका १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर कारोबारमा भने वृद्धि भएको छ, भने आठ उपसमूहको शेयर भने घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

वित्त क्षेत्र ४ दशमलब ३६ र उत्पादन ३१ दशमलब ६२ विन्दुले बढेको छ । यस्तै बैंकिङ शून्य दशमलब ९५, विकास बैंक ६ दशमलब ९३, जलविद्युत् ३ दशमलब ५७, निर्जीवन बीमा ७७ दशमलब ६४, अन्य ५ दशमलब ३६, माइक्रोफाइनान्स ८ दशमलब २९, जीवन बीमा ३५ दशमलब ८ विन्दुले घटेको छ । यस्तै होटल उपसमूहको भने आज कुनै पनि शेयर कारोबार भएन । 

युनाइटेड फाइनान्स, अरुण काबेली पावर लिमिटेड र ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज कमाएका छन् भने समता माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने आज गुमाएका छन् ।