🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्जेन्टिनाका फुटबलर डि मारियालाइ धम्की दिने तीन जना पक्राउ

काठमाडौं, १७ चैत । अर्जेन्टिनाका फुटबलर एन्जेल डि मारिया र उनको परिवारलाई धम्की दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । 

डि मारिया र उनका परिवारलाइ धम्की दिएको आरोपमा अर्जेन्टिनामा तीन जनालाई पक्राउ गरिएको सुरक्षा मन्त्री प्याट्रिसिया बुलरिचले जानकारी दिएका छन ।

पक्राउ पर्दा लागुऔषध ओसारपसारको अनुसन्धानमा रहेका एकजना संदिग्धले आफू र दुई जना सहयोगीले डि मारियाको परिवारलाई धम्की दिएको स्वीकार गरेका छन् ।

गत सोमबार उत्तरपूर्वी अर्जेन्टिनाको रोजारियोमा रहेको डि मारियाको परिवारको घरमा कार चलाउने क्रममा गोली हानेको थियो भने विश्वकप विजेतालाई आफ्नो गृहनगर टोलीमा फर्कन नदिन चेतावनी दिएको लिखित सन्देश पनि छाडिएको थियो ।

हाल पोर्चुगिज क्लब बेन्फिकासँग जुनसम्मको सम्झौतामा रहेको डि मारियाले रोसारियो सेन्ट्रलमा आफ्नो व्यावसायिक करियर समाप्त गर्न चाहेको बताएलगत्तै यो आक्रमण भएको हो ।