🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आयरल्याण्ड वोल्भ्सविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिंग गर्दै

काठमाडौँ । नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ । यस खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै आयरल्याण्ड वोल्भ्सले पहिला बलिङ गर्ने भएको छ ।  

नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो । यस अघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा सोमबार खेलेका दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीलाई बाहिर राखिएको छ भने उनीहरुको ठाउमा विवेक यादव र अनिल शाहलाई प्लेइङ ११ मा सामेल गरिएको छ ।  

यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी र अविनाश बोहोरा रहेका छन् ।

यो सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।