🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लखनऊ सुपर जायन्टसलाई १९४ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्टसलाई १९४ रनको लक्ष्य दिएको छ । जयपुरमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९३ रन बनायो ।

घरेलु मैदानमा सुरुआत राम्रो गर्न नसके पनि राजस्थानका कप्तान सन्जु सामसन र रियान परागको पारि उत्कृष्ट रह्यो । ओपनिङ आएका जोस बटलरले ११ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । त्यसपछि अर्का ओपनर यशस्वी जयसवाल १२ बलमा २४ रन बनाएर पभेलियन फर्किए ।

कप्तन सामसन र पराग मिलेर राजस्थानको पार अघि बढाए । यी दुई खेलाडीबीच ५९ बलमा ९३ रनको साझेदारी भएपछि राजस्थान ठूलो स्कोरतर्फ अघि बढेको थियो । पराग २९ बलमा ४३ रन बनाएर तेस्रो विकेटको रुपमा आउट हुँदा राजस्थानले १४.५ ओभरमा १४२ रन बनाएको थियो ।

कप्तान सामसन अन्तिमसम्म टिक्दै नटआउट ८२ रन बनाए । उनले ५२ बलमा ६ छक्का र ३ चौका प्रहार गरे । त्यसैगरी सिमरोन हटमायरले ५ रन जोड्दा कप्तानसँगै ध्रुव जुरेलले १२ बलमा २० रनको नटआउट पारि खेले ।

लखनउका नभिन उल हकले दुई विकेट लिँदा रवी विश्नोइ र मोसिन खानले एक एक विकेट हात पारे ।