ताप्लेजुङ, ७ चैत । ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुई वटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
दुवै घरमा रहेको नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सात वटा घर जलेका उक्त कार्यालयले जनाएको छ ।
–––
(तस्बिरमा ताप्लेजुङको फुङलिङ नगरपालिका-८ स्थित अँधेरी क्षेत्रको वनमा लागेको आगो । लामो समयको खडेरी लगायतका कारण ताप्लेजुङका विभिन्न वन क्षेत्रमा आगलागीका घटना भइरहेका छन् । तस्बिर : सन्तोष पुर्कुटी/रासस)



