🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रतिनिधिसभा बैठक : शोक प्रस्ताव पारित, अर्को बैठक सोमबार ११ बजे 

काठमाडौँ, ४ चैत : प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सभामुख देवराज घिमिरेले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभएको हो । 

बैठकमा स्वर्गीय अन्सारीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । अन्सारीको ६० वर्षको उमेरमा आज उपचारका क्रममा निधन भएको हो । 

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित अन्सारीले विसं २०४६ को जनआन्दोलनबाट राजनीतिक यात्रा सुरुवात गर्नुभएको थियो ।

उहाँको निधनप्रति बैठकले शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदन प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ बजे बस्ने भएको छ ।