🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गृहमन्त्रीले यी सहसचिवलाई कारवाही गर्लान् ?

काठमाडौं । सुन तस्करी गराउन सहयोग पु¥याएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) प्रतिवेदनले किटान गरेकै कारण तत्कालीन अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी कारवाहीका लागि गृह मन्त्रालय तानिएका थिए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करी गराउन उनी मतियार बनेको सिआईवीको अनुसन्धानबाट खुल्न आएपछि २०८० मंसिरमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयमा तानेका हुन् ।

तरपनि यो बिचको अवधि अर्थात आजका दिनसम्म पनि विभागमा महानिर्देशक खटाउन मन्त्रालयले सकिरहेको छैन । मन्त्री श्रेष्ठकै कृपा र आशीर्वाद मिलेकोले ६१.७ केजी सुन तस्करी काण्डमा कानूनी कारवाही हुनबाट सहसचिव अधिकारीलाई बचाउने खेल भएको स्रोत बताउछ । सुन तस्करी प्रकरणमा जोडिएका अधिकारीलाई कारवाहीको दायरमा नल्याएकोमा पूर्व मन्त्री श्रेष्ठको रवि लामिछानेले चर्कै विरोध गरेका थिए । अहिले कारवाही गर्ने निकाय गृहको नेतृत्व उनै रवि लामिछानेले पाएका छन् ।

यतिसम्मकि कानूनी कारवाहीको डण्डा चलाउनुपर्ने गृह मन्त्रालयले नै अधिकारीलाई उल्टै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरेर थन्क्याएको नाटक मंचन गरेको थियो । पूर्व गृह र हाल परराष्ट्र मन्त्रालयको नेतृत्व गरिरहेका श्रेष्ठकै जोडबलमा अन्यत्रै निकायमा अधिकारीको सरुवा गरिएको छ । हाल उनी जावलाखेलको स्टाफ कलेजमा सचिव बढुवाको तालिम लिइरहेको स्रोत बताउछ ।

यिनै सहसचिव अधिकारी फेरि अर्थ वा परराष्ट्र मन्त्रालयमध्ये एकमा सरूवा हुन चलखेल गर्न थालेको चर्चा छ । अर्थ नभए परराष्ट्र मन्त्रालयको प्रशासन महाशाखामा प्रवेश गर्न खोजिरहेको स्रोत बताउछ । बद्नाम सहसचिव अधिकारीलाई तुलानात्मक रुपमा सोझा, इमान्दार नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासमन्त्री भानुभक्त जोशीले अब कुन निकायमा खटाउँछन् त्यो भने हेर्न बाँकी नै रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारीका हजारौ बचतकर्ताको रकम ठगी गरी सिंगापुर र बैंककतिर भागेको आशंका गरिएका जेबी राईलाई नेपाल झिकाएर कसरी र कहिले कारवाहीको दायरामा ल्याउनेछन् नेपाली जनताले व्यग्र रुपमा प्रतिक्षा गरेर बसेका छन् । 

 गृहमन्त्री लामिछानेले कुनै पनि नागरिकले तल्लो निकायमा न्याय नपाएर, खुट्टामा ठेला उठाउँदै पैदल यात्रा गर्दै न्यायका लागि काठमाडौं धाएर सिंहदरबारभित्र मन्त्रीलाई याचना माग्ने अवस्था नआवोस् भनेर पदवहालीको दिनमा निर्देशन दिएका छन् । नागरिकले तलै न्याय पाउन सकुन भनेर उनले गृहका अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिइसकेका पनि छन् ।

रविले प्रतिवद्धता जनाएका र निर्देशन दिएका यी विषय आगामी दिनमा के कसरी कार्यान्वयन हुनेछन् यो पनि नेपाली जनताले हेर्न बाँकी नै छ । गृह मन्त्री लामिछानेले आफ्ना पार्टीका नेता र आसेपासेको कुरा नसुन्न, ऐन कानूनअनुसार काम गर्न गृहका अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । अब सहकारीका बचतकर्ताको अर्बाैं रकम ठगी गर्ने आफ्नै मालिक, सहकर्मी जेबी राईलाई समातेर कानूनी कारवाही र बचतकर्ताको रकम फिर्ता गराए भने उनको राजनीतिक कद बढ्ला नत्र उनको यात्रा ओरालो लाग्दै जाने जानकारहरु बताउँछन् । (साँघु साप्ताहिक, २०८० फागुन २८)