🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दै 

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरबारभित्र माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ । 

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुनेछ । 

मिति २०८० फागुन २१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ । 

प्रधानमन्त्री दाहाल जतिसक्दो छिटो प्रतिनिधिसभाबाट (सोमबारको बैठकमा) विश्वासको मत लिने तयारीमा छन् । सो बारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने बताइएको छ ।