काठमाडौँ, २८ असोज (रासस) : लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ ।
ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा असोज २७ गते राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उनका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिएका हुन् ।
विसं २०६९ पुस १४ गतेदेखि उनी मष्तिस्काघातबाट पीडित भइ अचेत अवस्थामा रहेका थिए । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत हुन् ।
—



