🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यस्ताे छ, महाशिवरात्रि पर्वको अवसरमा गरिने ट्राफिक ब्यवस्थापन

काठमाडाैं । महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पवित्र पाशुपत क्षेत्रमा आज २०८० फागुन २४ गते रातिदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी  साधनलाई डाईभर्सन गरिने भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले जनाए अनुसार,  गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्‍वर,  ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिने भएकाे छ ।

  त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ  । गौशाला क्षेत्रमा फागुन २५ गते शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पूर्ण चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध गरेका छन् ।

१.    आवश्यकता अनुसार डाईभर्सन गरिने स्थानहरु:–

० चावहिलबाट गौशालातर्फ ।

० पुरानो बानेश्‍वरबाट गौशालातर्फ ।

० ज्ञानेश्‍वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।

० द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।

० सिफल चौरबाट जयबागेश्‍वरीतर्फ ।

० लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।

० गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।

० तिलगंगाबाट गौशालातर्फ ।

० मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।

० जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।

० सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।

० जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।

तर मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था हेरी व्यबस्थापन र डाईभर्सन गरिने छ ।

२.    मालबाहक सवारी साधनलाई गरिने डाईभर्सन

० कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने,

० कोटेश्वर तिनकुने हुदैं पशुपती वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।

० महाराजगंज, चावहिल हुँदैं पशुपति वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।

० कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल  हुँदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

३.    पार्किङ्गको व्यबस्थापन गरिएका स्थानहरु

० सिफल चौर (दर्शानार्थीहरुको)

० कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)

० भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)

० तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु)

० वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)

० गुहेश्‍वरी पारी(तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)

४.    जनशक्ती परिचालन

० महाशिवरात्री मेलाको ट्राफिक व्यबस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ ।

० प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाईभर्सन ड्यूटी लगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने छ ।

० यस बाहेक विशिष्ट व्यक्तिहरुको भ्रमण व्यबस्थापन र अन्य स्थानहरुको नियमित गरिने ट्राफिक व्यबस्थापनमा समेत थप जनशक्ति परिचालन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले जानकारी दिएकाे छ ।