काठमाडौँ । आज मिति २०८० साल फागुन २० गते तदअनुसार मार्च ३, २०२४ आइतबार, कृष्णपक्षको सप्तमी [९ वजेसम्म], अष्टमी तिथि, अनुराधा नक्षत्र, हर्षण योग । वृश्चिक राशिमा चन्द्रमा । खुशी/ हर्ष लाई जनाउने यो योग शुभ हो ।
• अभिजित् मुहूर्त: बिहान ११:५३ देखि १२:३९ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२७
• सुर्यास्त: बेलुका ०६:०६ बजे
आजको तपाईको हिन्दु वैदिक ज्योतिष भविष्यवाणी :
• मेष राशि : तपाईंको स्वास्थ्य उत्तम रहनेछ । काममा नयाँ अवसर र सम्मान मिल्नेछ । परिवारबाट सहयोग रहनेछ । माया प्रेममा खुशी र सुख मिल्नेछ ।
शुभ अंक- २
शुभ रंग- नीलो
• वृष राशि : तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोस । परिवारलाई समय दिनुहोस । प्रेममा मनमुटाव वाट जोगिनुहोस् ।
शुभ अंक- ३
शुभ रंग- पहेलो
• मिथुन राशि : तपाईंको स्वास्थ्यमा कुनै समस्या आउन सक्छ । आर्थिक लाभ र धन सम्पत्ति बढ्नेछ । परिवारमा आपसी सम्झौता रहनेछ । मायामा रोमान्स जाग्नेछ ।
शुभ अंक – २
शुभ रंग- सेतो
• कर्कट राशि : तपाईंको स्वास्थ्य राम्रो रहनेछ । आफ्नो काममा उन्नति र सफलता मिल्नेछ । तपाईंको परिवारमा शान्ति र सुख रहनेछ । मायालु व्यक्ति प्राप्त हुनेछ ।
शुभ अंक- ९
शुभ रंग- रातो
• सिंह राशि : स्वास्थ्यमा ध्यान दिनुहोस् । आफ्नो काममा चुनौतीहरू सामना गर्नुपर्नेछ । परिवारमा सामान्य विवाद हुन सक्छ । मायाको कुरामा अविश्वास हुन सक्छ ।
शुभ अंक- ५
शुभ रंग- पहेलो
• कन्या राशि : तपाईंको स्वास्थ्य सामान्य असहज हुनसक्छ । तपाईंले आज काममा उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ । सपरिवारमा आनन्द रहनेछ । मायाका कुरामा विश्वास मिल्नेछ ।
शुभ अंक- १
शुभ रंग- सुनौलो
• तुला राशि : आज स्वास्थ्यमा ध्यान दिनुहोस् । आफ्नो काममा कठिन परिश्रम र बुद्धि देखाउनुपर्नेछ । परिवारमा कुनै विवाद वा असन्तोष हुन सक्छ । प्रेममा सफलता प्राप्त हुने योग छ ।
शुभ अंक- ३
शुभ रंग- खैरो
• वृश्चिक राशि : तपाईंको स्वास्थ्य राम्रो रहनेछ । आफ्नो काममा सम्मान मिल्नसक्छ । परिवारबाट प्रेम र सहयोग रहनेछ । मायामा खुशी मिल्नेछ ।
शुभ अंक- ९
शुभ रंग- गुलाबी
• धनु राशि : तपाईंको स्वास्थ्य ठिक छ । काममा उत्कृष्ट रुपमा प्रदर्शन गर्न सक्नु हुनेछ । परिवारमा आनन्द र उल्लास रहनेछ । मायाको कुरामा विश्वास र वफादारी मिल्नेछ ।
शुभ अंक- ७
शुभ रंग- कालो
• मकर राशि : स्वास्थ्यमा ध्यान दिनुहोस् । आफ्नो काममा चुनौतीहरू सामना गर्नुपर्ने सक्छ । परिवारमा कुनै विवाद वा असन्तोष हुन सक्छ । मायाको कुरामा निराशा मिल्न सक्छ ।
शुभ अंक- ३
शुभ रंग- बैंजनी
• कुम्भ राशि : तपाईंको स्वास्थ्य उत्तम रहनेछ । त आफ्नो काममा नयाँ अवसर मिल्नसक्छ । परिवारमा खुशी रहनेछ । मायामा मनमा सन्तोष मिल्नेछ ।
शुभ अंक- १
शुभ रंग- नीलो
• मीन राशि : तपाईंको स्वास्थ्यमा कुनै ठूलो समस्या आउने छैन । आर्थिक लाभ र धन सम्पत्ति बढ्नेछ । आज परिवारमा सुख रहनेछ । आजको दिन माया प्रेमको राम्रो योग रहेको छ ।
शुभ अंक- ९
शुभ रंग- हरियो
(राशिफलमा राम्रो नराम्रो जे लेखेको भएता पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । आजको तिथि, वार, नक्षत्र, योग आदि अध्ययन गर्दा तपाईँले कुनैपनि शुभ काम गर्न आजको दिन राम्रो छ ।)
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् । सल्लाह, सुझाव र परामर्शका लागि ९८६६८९५२१३



