🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सत्तारूढ गठबन्धनमा कुनै समस्या छैन : सञ्चारमन्त्री शर्मा

काठमाडौँ, १८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारूढ गठबन्धनमा कुनै समस्या नरहेको बताउनुभएको छ । सङ्घीय संसद् भवनमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धनमा कुनै किसिमको खटपट नभएको स्पष्ट गर्नुभयो ।

आफ्नो पार्टीको स्थायी समिति बैठकमा राष्ट्रियसभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको जानकारी दिँदै नेपाल सरकारको प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले आफूहरुका कारण गठबन्धन नटुट्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रियसभामा सबैभन्दा ठूलो दल बनेकाले अध्यक्षमा दाबी गर्नु स्वभाविक भएको बताउनुभयो ।

“माओवादी राष्ट्रियसभामा ठूलो पार्टीका रुपमा आयो तर अहिलेसम्म आफ्नो पार्टीबाट राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखदेखि लिएर राष्ट्रियसभासम्म कहीँ पनि माओवादीको प्रतिनिधित्व छैन । प्रधानमन्त्री हुनुहुन्छ, त्यो आफ्नो ठाउँमा छ ।

अहिले जति विषयहरु उठेका छन्, ती माओवादीले नै राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारको दाबी गर्न पाउनुपर्छ र त्यसमा गठबन्धनले पनि सहयोग गर्नुपर्छ भन्ने आशयबाट स्थायी कमिटी बैठकमा कुरा उठेको हो,” उहाँले भन्नुभयो ।

राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवारी दिने विषयमा स्थायी समिति बैठकमा सहमति भएको र सोहीअनुसार पार्टीले दाबी गरेको उहाँले जानकारी दिनुभयो ।
–––