🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

३२ किलो गाँजासहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडाै‌ं, १६ फागुन । देशका विभिन्न स्थानबाट ३२ किलाे गाँजासहित ६ जना पक्राउ परेका छन् । 

बाराकाे सिम्रौनगढ नगरपालिका-४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका-३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको ना.३८ प १४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा प्लास्टिकले बेरी लुकाइ छिपाइ राखेको उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

धादिङकाे गल्छी गाउँपालिका-७ सिमबजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके घर भएका २४ वर्षीय सोलामोदिन शेक र सोही उपमहानगरपालिका-७ बस्ने २४ वर्षीय राम्जन आली रहेका छन् । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

सर्लाहीकाे लालबन्दी नगरपालिका-१ लखनदेही पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोसहित भारत घर भएका २० वर्षीय छोटु पासवानलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बीआर ३० एजी १६४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पासवानलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।