🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेदरल्याण्डससँग नेपाल २ रनले पराजित

काठमाडौँ । नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको छ । नेदरल्याण्डसले जितका लागि दिएको १८५ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८२ रन बनाएपछि खेल २ रनले हारेको थियो ।   

नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका थिए । कप्तान रोहितले ३६ बलमा ५० रन बनाएर आउट भएका थिए भने २८ बलमा अर्धशतक पुरा गरेका दिपेन्द्रले ६३ रन बनाएर आउट भएका थिए । त्यसैगरी आसिफ सेखले ३४ रन बनाए भने कुशल मल्लले ११ र करण केसीले ११ रन बनाएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

नेदरल्याण्डसका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए । लेभिटले यसै खेलमा आफ्नो टी-२० अन्तराष्ट्रिय डेभ्यु गर्दै अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै सिब्राण्ड एंगेलब्रेचटले अविजित ४९ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३३ रन बनाए भने तेजा निदामनुरुले ३१ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए । नेपालले २ विकेट रनआउटको रुपमा लिएको थियो । जारी सिरिजमा नेपालको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा नामिबियासँग २० रनले हारेको थियो ।

अब अर्को खेल विहिबार नामिबिया र नेदरल्याण्डससँग हुने छ ।