🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निजामतीमा मन्त्री नै निम्त्याउँछन् बेथिति : सचिवलाई भकुण्डो बनाएर रमाउँदै गठबन्धन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारका मन्त्रीहरु सचिव फेर्न माहिर देखिएका छन । वर्तमान सरकारमा रहेका पाँचजना मन्त्री मुलुक र जनताको पक्षमा केही गरेर देखाउने भन्दा आपूm पानीमाथिको ओभानो बन्न कर्मचारीहरूलाई ऐन–कानूनले गर्न नमिल्ने काम गर्न चर्काे दवाव दिएर उम्किने गरेको गुनासो कर्मचारीले गर्दै आएका छन् । 

आर्थिक रूपमा मालामाल बन्ने र भोलि कर्मचारीहरूलाई फसाउने काममा केही मन्त्रीहरु लिप्त हुन खोज्दा सि¨ो प्रचण्ड सरकार नै बद्नाम हुँदै गएको गुनासो कर्मचारीहरुबीच निकै बढेको पाइएको छ । ऐन–कानून विपरीत काम गर्न नमान्ने सचिव, सहसचिवहरूलाई मन्त्रीहरूले जथाभावी सरूवा गरेर उनीहरूको क्षमता, विज्ञता, अनुभवको अपमान गरेको गुनासो निजामती प्रशासनमा सुनिने गरेको छ  । व्यक्तिगत स्वाभिमानमा आँच पु¥याउने काम केही मन्त्रीहरुले गर्दै आएका छन् । प्रचण्ड नेतृत्वको महागठबन्धन सरकारका मन्त्रीहरुले भनेको गैरकानूनी काम गर्न नमान्ने केही मन्त्रालयका सचिवहरूको वर्षमा चार–पाँच पटकसम्म सरूवा हुने गरेको नेपालको निजामती प्रशासनमा पहिलो रेकर्ड बनेको छ ।

आँट नगर्ने सचिवहरु मन्त्रीहरुको तारो !
कार्य सम्पादन, क्षमता, दक्षता, अनुभव र विज्ञता भन्दा पनि आर्थिक चलखेलको आधारमा बढुवा भएका केही सचिवहरूले सरकारको स्प्रिडअनुसार नभएर मनोमानी ढंगले कामकाज गर्ने गरेको आरोप लाग्ने गरेको छ । ऐन–कानूनले गर्न मिल्ने भन्दा पनि आफूलाई कमिशन वा  अतिरिक्त लाभ हानी हेरेर मात्र फाइल अगाडि बढाउने प्रवृत्ति मौलाउँदै गएको सेवाग्राहीहरुको गुनासो सुनिन्छ ।

लेनदेनका आधारमा मात्र निर्णय गर्ने नत्र फाइल अड्काउने गरेको गुनासो  बढ्दै गएको पाइन्छ । घुसखोरीमा रमाउने र बद्नाम सचिवहरूलाई  आफ्नो मन्त्रालयमा सरुवा गर्ने केही मन्त्रीहरुको प्रवृत्तिले समग्र निजामती प्रशासनलाई अस्थिर बनाएको गुनासो कर्मचारीले गरेका छन् । नयाँ सचिव मन्त्रालयमा भित्र्याउनु मन्त्रीको अधिकारभित्रको विषय भएपनि कमिशन उठाएर दिन नसक्ने, भ्रष्टाचारमा नरमाउने र आँट गरेर काम नगर्ने केही सचिवहरू र दुई दर्जन भन्दा बढी सहसचिवहरुलाई प्रधानमन्त्री प्रचण्ड र केही मन्त्रीहरुले तारो बनाउने गरेको कर्मचारीहरु गुनासो गर्छन् ।

३० प्रतिशतले गर्दा ७० को बद्नाम
 २०औं वर्ष निजामती सेवामा बिताएर, खारिएका सहसचिव, महानिर्देशक हुँदै सचिव बढुवा भएका कर्मचारीले प्रशासन चलाउन राम्रै अनुभव हासिल गरेकै हुन्छन् । जुनसुकै मन्त्रालयमा कामको प्रकृतिअनुसार ऐन–कानून अनुसार टिप्पणी उठाएर निर्णय सदर गर्न सक्षम र अनुभवी छन नै । साथै, कर्मचारीले निष्पक्ष, इमानदार, कर्तव्यनिष्ठ, जवाफदेही र उत्तरदायी भएर काम गर्ने हो भने मुलुकको आधारभूत संरचना निर्माण गर्न र बनाउन एक दशक अवधि नै काफी हुने विज्ञहरुको भनाई रहेको छ ।

तर, निजामती कर्मचारी प्रशासनमा प्रजातन्त्र र लोकतन्त्र आएपछि इमानदार, कर्तव्यनिष्ठ, जिम्मेवार र जवाफदेही भएर खासै काम गरेको पाइँदैन । जो वा जुन दल सरकारमा आयो त्यसैको हनुमान बन्ने ३० प्रतिशत खराव आचरण र व्यवहार भएका कर्मचारीले बाँकी ७० प्रतिशत कर्मचारीहरूलाई समेत बद्नाम गराएको बताइन्छ । उनीहरुले नै अनुशासनहीन काम गरेर घुस र कमिशनमा उत्प्रेरित गर्दा स्थायी सरकार मानिएको निजामती प्रशासन निकै बद्नाम भएको आरोप छ ।

त्यही कारण एउटा कागजात पुगेको छैन भन्ने बाहनामा विना घुस र कमिशन कुनै काम नगर्ने अवस्था विकसित भएको छ । अहिले मन्त्रालयमा सचिव चाहिं फेर्ने वा फेरिरहने, तर एक वर्षसम्म कुनै गतिलो काम नगर्ने मन्त्रीका रूपमा केही मन्त्री बद्नाम हुँदै गएका छन् । प्रचण्ड सरकार गठन भएको १४ महिना पूरा भइसकेको पनि छ ।

सचिव फेर्न मन्त्रीहरुको चलखेल
यसबीचमा अर्थमन्त्री डा. प्रकाशशरण महतले एकै वर्षमा चार जना सचिव फेरबदल गरेर अर्थ मन्त्रालयमा तितो कीर्तिमान कायम गरेका छन् । २०७९ चैतमा अर्थमन्त्री भएका डा. महतले ११ महिनाको बिचमा चार सचिव परिवर्तन गरिसकेका छन् । उनले सुरूमा विष्णुप्रसाद पौडेल अर्थ मन्त्री हुँदाका सचिव तोयम रायलाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरूवा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि पुस्करलाई मन्त्रालयमा भित्र्याएका थिए ।

सचिव कर्णले अर्थमन्त्री महतले भने अनुसार काम गर्न नमानेपछि कांग्रेस नेतृ डा. आरजु राणाको निर्देशनमा प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेललाई अर्थसचिव बनाएर भित्र्याएका थिए । त्यसपछि सचिव पुस्करलाई भने प्रधानमन्त्री कार्यालयमा लखेटेका थिए । पोखरेलले पनि मन्त्रीको इच्छा राम्रोसँग पूरा गर्न नसकेपछि विदेशी शक्तिकेन्द्र र शेर वहादुर देउवा निवासका हर्ताकर्ताहरूको इसारामा पुन पुस्करलाई अर्थ सचिवमा भित्र्याइएको छ ।

अनुभवहीन अर्थ सचिव पुस्करले राजस्व चुहावट नियन्त्रण, राजस्व बढाउन, राजस्वका कर्मचारीहरूलाई अनुशासित, जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन सकेका छैनन् । चालुु आर्थिक वर्षको सात महिनामा मुलुकको राजस्व लक्ष्य २८ प्रतिशत कम असुली भएको बताइन्छ । अर्थतन्त्र चलायमान बनाउन उनले कुनै विशेष कदम चाल्न सकिरहेका छैनन् । राजस्व प्रशासनमा कुनै अनुभव नभएका, राजस्व असुली र खर्च व्यवस्थापनमा जानकार नभएका कृष्णहरि पुस्करलाई आर्थिक संकटको समयमा सचिव जस्तो महत्वपूर्ण जिम्मेवारी सुम्पिदा अहिले मुलुकको अर्थतन्त्र डामाडोल हुन पुगेको अर्थविद्हरु बताउँछन् । तर, अर्थमन्त्री महत भने आर्थिक अवस्थामा निकै सुधार आएको हावादारी गफ दिंदै हिंडेका छन् ।

मन्त्री गुरुङ पनि माहिर
शहरी विकास मन्त्री सीता गुरूङ सचिव मात्र फेर्ने र मन्त्रालयको कामको माखो नमार्ने मन्त्रीमा दरिदै आएकी छिन । उनले पनि सुरूमा सुरेश आचार्य सचिवसँग केही समय काम गरिन । सचिव आचार्यले सुधारका काम गर्दागर्दै गैरकानूनी काम गर्न नमान्दा राष्ट्रिय सतर्कता केन्द्रमा लखेटेर सचिव रवीन्द्रनाथ श्रेष्ठलाई भित्र्याइन् ।

उनले राम्रै लयमा काम गर्दैगर्दा २०८० असोजको दोस्रो हप्ता पाँच वर्षे सचिवको कार्यकाल पूरा गरेर अनिवार्य अवकासमा घर गए । त्यसपछि मन्त्रालयकै केही गिरोहको योजनामा घामपानी हेरेर जलवायुको भविष्यवाणी गर्ने मौसमविद् सरजु कुमार वैद्यलाई सचिवका रूपमा भित्र्याइएको थियो । उनले शहरी विकास सम्वन्धी कामको प्रकृति बुझ्नै नसक्दा करिब पाँच महिनामा नै खेदिएर प्रधानमन्त्री कार्यालयमा पुगेका छन् ।

मन्त्री गुरुङले कानून विपरीत गर्न लगाएका कुनै काम गर्न नमानेपछि प्रधानमन्त्री कार्यालयमा धपाएर मन्त्रालय बुझेका योग्य, सक्षम, अनुभवी र दक्ष सचिव मणिराम गेलाललाई भित्र्याइएको छ । मन्त्री गुरङसँग उनको काम गर्ने कार्यशैली कति समयसम्म मिल्ने हो त्यो भने हेर्न बाँकी नै रहेको छ । चरित्रमा निष्कलंक सचिव गेलाल शहरीकै क्याडर हुन् । शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक, मन्त्रालयमा पनि भवन निर्माण महाशाखामा बसेर आफ्नो योग्यता क्षमता प्रदर्शन गरेर काम गरिसकेको अनुभव सचिव गेलालसँग रहेको छ ।

त्यसैले सचिव गेलाल अब मन्त्रालय, विभाग र विभिन्न आयोजनाहरूमा रोकिएका काम फटाफट अगाडि बढाउने अपेक्षा कर्मचारीले गरेका छन् । मन्त्रालयमा उनको इन्ट्रीसँगै कर्मचारी वृत्तमा राम्रो सन्देश र विश्वासको वातावरण बनेको चर्चा छ । तर, प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेकी सहसचिवले ढुक्क भएर बोल्ड निर्णय गर्न नसक्दा फाइल अड्केर बस्ने गरेको कर्मचारी स्रोत बताउछ । जसका कारण उनको कार्यशैलीप्रति मन्त्रालयका कर्मचारीले असन्तुष्टि जनाउँदै आएका छन् ।

सचिव फेर्नेमा अर्का मन्त्री किराँती 
मन्त्री रेखा शर्मा पनि अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती पनि सचिव फेर्ने मामिलामा एकदम अगाडि छन् । उनले तत्कालीन सचिव सुरेश अधिकारीलाई सरूवा गरेर भरतमणि सुवेदीलाई मन्त्रालयमा भित्र्याएका थिए । तर, उनले पनि मन्त्रीले नियम विपरीत लाए अह्राएको काम गर्न नमान्दा सार्वजनिक खरिद अनुगमन कार्यालयमा लखेटिएका छन् ।

त्यसपछि कोशी प्रदेशका प्रदेश प्रमुख रहेका सचिव डा. दीपक काफ्लेलाई मन्त्रालयमा भित्र्याएर आफू अनुकूलका काम भटाभट गर्न लगाएर आफू भने बद्नाम भएका छन् । यस्तै, सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले पनि काम भन्दा सचिव परिवर्तनमा बढी रुचि देखाएको आरोप लाग्ने गरेको छ । सोही कारण मन्त्रालय अन्तर्गतका धेरै काम अगाडि बढ्न नसकेको बताइएको छ ।

मन्त्री शर्माले तत्कालीन सचिवहरु डा. वैकुण्ठ अर्याल र कृष्ण बहादुर राउतलाई हटाएर विचार मिल्ने भन्दै तेस्रो सचिवका रूपमा सचिव रामकृष्ण सुवेदीलाई मन्त्रालयमा भित्र्याएकी छिन । निजामती सेवाको आखिरी अवस्थामा रहेका सचिव सुवेदीले सुरू–सुरूमा मन्त्री शर्माले भने अनुसार नै काम गर्दै आएका छन् । तर, उनले पनि मन्त्री शर्माको निर्देशन खुरुखुरु मान्लान् भन्ने विषयमा आशंका गर्ने गरिएको मन्त्रालयका कर्मचारीहरू नै बताउँछन् ।

उता, खानेपानी मन्त्री महेन्द्र राय यादव पनि सचिव फेर्ने मन्त्रीमा दरिएका छन् । उनी भ्रष्टाचार र कमिशनमा रमाएको चर्चा बाहिर सुनिएको छैन । तरपनि उनले सुरूमा मन्त्री हुँदाताकाका केही गरौं भन्ने स्वभावका सचिव मणिराम गेलाललाई प्रधानमन्त्री कार्यालयमा सरूवा गरेर मधेसी मूलका रामआधार साहलाई मन्त्रालयमा भित्र्याएका थिए । नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशक हुँदादेखि नै अनियमिततामा जोडिएका बद्नाम पात्र सचिव साहले मन्त्रीको स्प्रिडअनुसार काम गर्न सकेनन् ।

उनको ध्यान कमिशनको आधारमा फाईल सदर र कर्मचारीको सरुवा गर्दा आर्थिक लेनदेनमा रमाउँदा मेलम्चीको पानी काठमाडौं ल्याउने काम झण्डै तीन महिना पर धकेलिएको थियो । यही कारण सचिव साहलाई राष्ट्रिय सतर्कता केन्द्रमा  सरूवा गरेर सुरेश आचार्यलाई मन्त्रालयमा भित्र्याएको एक महिनामा नै पानी काठमाडौं ल्याउन सकिएको थियो । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोक अम्बाथानको हेडवकर््स र सुरूङ वरपरको ढुंगा, ग्रेगान र बालुवा हटाएर पानी काठमाडौंमा ल्याउन उनले प्रभावकारी भूमिका निर्वाह गरेको बताइन्छ । (साँघु साप्ताहिक, २०८० फागुन १४)