🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जीवन धारा : मानिसको मनोबृत्ति 

एउटा शान्त जंगलमा एक महात्मा कुटी बनाएर बसेका थिए । उनी एकान्तमा भजन–कीर्तन, पूजा–पाठ गरेर खुसीसाथ आनन्दले बसेका थिए । महात्मा त्यो कुटीमा बसेको कुरा बिस्तारै बिस्तारै मानिसहरूले थाहा पाएर दर्शन गर्न जान थाले । शुरु शुरुमा थोरै मानिस जान्थे । तर पछि पछि दिनभरी मानिसको भीड लाग्न थाल्यो । यसले गर्दा महात्माको एकान्त साधनामा विघ्न बाधा पर्न थाल्यो । साथै भजन–कीर्तनमा पनि अप्ठेरो हुन थाल्यो । उनी दिक्क मान्न थाले । उनी आफ्नो मुखबाट कसैलाई पनि नआउ भन्न सक्दैनथे । तर उनी चाहन्थे कि मानिसहरूको आवत जावत जसरी पनि बन्द होस् र आफ्नो एकान्त साधनाले निरन्तरता पाओस् ।

महात्माले आफ्नो समस्या एकदिन एक मित्रलाई सुनाएपछि ती मित्रले सल्लाह दिए– तपाईकहाँ जो धनी आउछन् ती व्यक्तिसँग धन माग्न शुरु गर्नुहोस् । जो गरीव आउँछन्, तिनीहरूलाई सापटी दिन शुरु गर्नुहोस् । महात्माले यसै गरे । धनीहरूले बिस्तारै बिस्तारै यो सोचेर आउन कम गर्न थाले । के थाहा कुन दिन माहात्माले फेरि के माग्ने छन् ? गरीव जसले महात्मासँग रुपैया सापटी लगेका थिए, तिनीहरू त्यहाँ आउन जान यसरी हच्किन थालेकि सापटी लिएको रकम कतै महात्माले मागी हाले भने ? त्यसपछि महात्मालाई फेरि एकान्तमा साधना गर्ने समय प्राप्त हुन थाल्यो । 

मानिसहरूको बीचमा पसेर धनले उनीहरूको मनोबृत्तिलाई परिवर्तन गरिदिन्छ भन्ने कुराको यो राम्रो उदाहरण हो ।