🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘सुपर त्रिशूली हाइड्रोपावरको अनुमति लिने–दिने दुवै प्रश्नको घेरामा छन्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले तनहुँ, चितवन र गोरखा तीन जिल्लासँगै जोडिएको तल्लो त्रिशूली नदीमा प्रस्तावित एकसय मेगावाट क्षमताको सुपर त्रिशूली हाइड्रो पावर निर्माणको तयारीले त्यहाँको राफ्टिङ गतिविधि, पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संसय पैदा गरेको भन्दै सदनलाई जानकारी गराएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद वाग्लेले प्रस्तावित हाइड्रोपावरको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन समेत राम्ररी नगरेको जानकारी गराए । 

सांसद वाग्लेले भने, ‘पृथ्वी राजमार्गको फिस्लिङ खण्ड जुन अलिकति रणनीतिक र संवेदनशिल खण्ड पनि हो । त्यहाँ एकसय मेगावाटको सुपर त्रिशूली हाइड्रो पावर प्रस्तावित रहेछ । यसले राफ्टिङ गतिविधि,पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संसय उत्पन्न भएको छ ।

इआइए पनि राम्ररी नगरिएको गुनासो छ । आयोजनाको अनुमति माग्ने र अनुमति दिने संस्थाहरु प्रश्नको घेरामा छन् ।’