🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रसूति गृहबाट शिशु चोरी गर्दै एक महिला

काठमाडौ । ललितपुरको थापाथली स्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको खबर सार्वजनिक भएको छ । 

काभ्रेको चौरीदेउराली गाउँपालिका ३ माझीफेदा निवासी सविना श्रेष्ठको २६ दिनको बच्चा अस्पतालबाटै चोरी भएको बताइएको छ । श्रेष्ठले शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खबर गरेकी थिइन् । 

स्रोतको अनुसार ती महिलाले शिशुलाई लिएर अस्पतालको २ नम्बर गेटबाट निस्की  बा २ ज १५७२ नं को ट्याक्सी चढेर फरार भएको बताइन्छ । अहिले प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको छ । 

प्रहरीको अनुसार एक जना ट्याक्सी ड्राइभरलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीको अनुसार शिशुको खोजी भइरहेको छ ।

पीडित परिवारले कसैले उक्त महिलासहित शिशु फेला पारेमा नजिकैको प्रहरी कार्यालय वा ९८६०५९८२९३,९८६००२१३१६ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।