काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालाले काठमाडौंस्थित कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भनी घुस रकम माग गरिरहेको अवस्था पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल टोलीले निज प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई सेवाग्राहीसँग रू.६,७५,०००।–(छ लाख पचहत्तर हजार) घुस रकम लिंदै गरेको अवस्थामा पक्राउ गरेको हो।
अख्तियारले उक्त घुस रकमसहित शेर्पा मल काठमाडौंबाट २०७६ साउन २३ गते नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।



