🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एक करोड ७० लाखको लागतमा स्वास्थ्य चौकी 

म्याग्दी २३ असोज : रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले करीब रु एक करोड ७० लाखको लागतमा सो भवन निर्माण गरेको हो ।

मुक्तिनाथ बिएन जेभीले ठेक्कामार्फत २०७२ पुसमा उक्त भवन निर्माण थालेको थियो । भवनको पूर्वाधार निर्माण गरेर डिभिजनमार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरणको तयारी भइरहेको बिएन कन्सट्रक्सनका सञ्चालक नारायण जिसीले बताए । उन्नाइस कोठाको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार कक्ष, औषधि भण्डार कक्षको छुट्टा-छुट्टै व्यवस्था गरिएको छ ।

पिप्ले स्वास्थ्य चौकीबाट रघुगङ्गा गाउँपालिका–३ का बासिन्दाले सेवा लिँदै आएका छन् । हस्तान्तरणपछि नयाँ भवनबाट सेवा प्रवाह गरिने वडाध्यक्ष जीवन मल्लले बताए । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इञ्जिनीयर गणेश मर्हजनले मालिका गाउँपालिका–४ च्युरीबोट, मङ्गला गाउँपालिका–३ बरङ्जा र अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा निर्माण गरिएको स्वास्थ्य चौकी भवनसमेत हस्तान्तरणको तयारी भइरहेको बताए  । 

देवीस्थान, घार र कुहुँ स्वास्थ्य चौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । हिस्तान, कुइनेमङ्गले, मल्कवाङ र पुलाचौर स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छ । गत आर्थिक वर्षमा बिम र भगवती स्वास्थ्य चौकीको भवन निर्माण गरिएको थियो । यस्तै सदरमुकाम बेनीस्थित बेनी अस्पतालको पचास शय्या क्षमताको भवन निर्माणाधीन अवस्थामा छ । अस्पताल परिसरमा दुई चिकित्सक र स्वास्थ्यकर्मी आवास भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । (रासस)
–––