🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका दुई युवकको सनाखत

सर्लाही । सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका दुई युवकको सनाखत भएको छ । प्रहरीले ईश्वरपुर नगरपालिका–४ र १३ को सिमानास्थित अमुवा खोलाको पुलमुनि बुधवार दुर्घटनाग्रस्त मोटरसाइकल र दुई यूवकको शव फेला पारेको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको औरही नगरपालिका–१ निवासी ३२ बर्षका चन्दन कुशवाह र सर्लाहीको कविलासी नगरपालिकास्थित पिपरिया निवासी अन्दाजी २५-३० बर्षका रामविश्वास मण्डल रहेको इलाका प्रहरी कार्यालय केश्वरगंजले जनाएको हो । 

मृतक मण्डलको वडा नम्बर भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरू सवार ज११प ८९४५ नम्बरको मोटरसाइकल गएराति भित्री सडक खण्ड अन्तर्गत अमुवा खोला पुलको साइडवारमा ठोकिएर खोलामा खसेको हुनसक्ने प्रहरीको आशंका छ । दुर्घटना मंगलबार रातिनै भएको भए पनि बिहान मात्र स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

घटनालगत्तै अनुशन्धान सुरु गरे पनि उनीहरूसँग अन्य कागजात फेला नपरेकोले मोटरसाइकलको कागजबाट पहिचान गर्दा सनाखत गर्न समय लागेको इलाका प्रहरी कार्यालय केश्वरगंजका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए । प्रहरीका अनुसार घटनास्थलको मुचुल्का तयार गरेर शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको छ ।