जनकपुर । २०८० फागुन ९ गते विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बहुदरमाई न.पा. वडा नं.९ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा हतियार सहित दुई जना मानिसहरूलाई पक्राउ गरेकाे छ ।
प्रहरीले ना १२ प ४९७१ नम्बरको मोटरसाईकल चालक जिल्ला पर्सा कालिकामाई गा.पा. वडा नं. ५ बस्ने वर्ष ४३ को दीपेन्द्र गिरीकाे शरीर खानतलासी गर्दा निजले लगाएको कालो रङको ज्याकेटको बाँया साईडको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा अबैध नलकटुवा पेस्तोल थान-१ फेला परेको थियाे ।
उक्त मोटरसाइकल पछाडी सवार पोखरिया न.पा. वडा नं. ९ बस्ने वर्ष ३७ को शिवपुजन मुखिया समेतलाई प्रहरीले नियन्त्रणमा लिई उक्त पेस्तोल बरामद गरी निजहरू विरुद्ध हातहतियार सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाही भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएकाे छ।



