🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सौर्य ऊर्जा परियोजना उद्घाटन

काभ्रेपलाञ्चोक (पाँचखाल), ९ फागुन । नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा निर्माण सम्पन्न १८५ केभिए क्षमताको ‘उन्नत सौर्य ऊर्जा परियोजना’को उद्घाटन गरिएको छ ।
 

‘संयुक्त राज्य अमेरिका एसिया प्रशान्त कमाण्ड–विश्व शान्ति कार्य प्रयास’को सहयोगमा निर्मित उक्त परियोजनाको आज यहाँ आयोजित समारोहमा संयुक्त राज्य अमेरिकाका राजनीतिक–सैन्य मामिला ब्यूरोका योजना तथा कार्यसञ्चालनसम्बन्धी उपसहायक विदेश मन्त्री रेचल शिलरले उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले संयुक्त राज्य अमेरिका, नेपाल र संयुक्त राष्ट्र सङ्घबीचको यो त्रिपक्षीय साझेदारीको ‘हाइब्रिड सौर्य ऊर्जा जेनेरेटर’ योजनाको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउनुभयो । 

\"\"

“यो परियोजना दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घ मिसनमा सेवारत नेपाली बटालियनले प्रयोग गर्नका लागि पनि विस्तार गरिने छ”, मन्त्री शिलरले भन्नुभयो । यो परियोजनाले दक्षिण सुडानको रुम्बेकमा रहेको नेपालको बटालियनले प्रयोग गरिरहेको डिजेल जेनेरेटरलाई प्रतिस्थापन गरी हाइब्रिड सौर्य ऊर्जाबाट चल्ने जेनेरेटर प्रविधिमा लगिने छ । मन्त्री शिलरले यसले कार्बन उत्सर्जन कम गर्न र इन्धन खपत घटाएर मिसनको लागत घटाउन मद्दत गर्ने उल्लेख गर्नुभयो  ।

नेपाली सेनाको युद्धकार्य महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले परियोजनाका बारेमा अवगत गराउँदै उक्त अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले सामूहिक प्रयास र प्रतिबद्धतामा परियोजना महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

\"\"

यस परियोजनाबाट उत्पादन हुने ऊर्जाले नेपाली सेनालाई आफ्नो नियमित काममा थप सहजता हुने भन्दै उपरथी अधिकारीले सौर्य ऊर्जाले वातावरण स्वच्छ बनाउन तथा कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
–––