🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘गठबन्धन जतिबेला आवश्यक पर्छ प्रयोग गर्ने रणनीति हो’

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले दलीय गठबन्धन कुनै सिद्धान्त नभएर रणनीति भएकाले आवश्यक परेको बेला प्रयोग गर्ने माध्यम रहेको बताएका छन् ।

ललितपुरमा जारी पार्टीको महासमिति बैठकस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग उनले सरकारमा बसेर जनतालाई राम्रो काम गरेर देखाउनुपर्ने बेलामा आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर अल्झिने अवस्था नरहेको बताए ।

मंगलबार बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनमा दलीय गठबन्धनलाई निरन्तरता दिने÷नदिनेमा पार्टीले पुनर्विचार गर्नुपर्ने भनाइ राखेका थिए । परिस्थितिअनुसार सत्ता गठनका लागि गठबन्धन आवश्यक भए पनि निर्वाचन दलले आफैं एक्लै लड्नु उपयुक्त हुने उनको भनाइ थियो । उनको प्रतिवेदनपछि पार्टीमा गठबन्धनको विषय बहसमा छ ।

नेता भण्डारीले वर्तमान सत्ता गठबन्धन समयको आवश्यकता भएको जिकिर गरेका छन् ।  ‘गठबन्धनका कुराहरु सिद्धान्त होइन, रणनीति हुन् ।

रणनीति जतिबेला पनि गर्नुपर्छ भन्ने छैन । जतिबेला आवश्यक पर्छ त्यतिबेला प्रयोग गर्ने हो,’ उनले भने, ‘अहिले उहाँहरु सरकारमा बसेर जनतालाई राम्रो काम गरेर देखाउनुपर्ने बेला हो, त्यसैले गठबन्धन गर्ने कि नगर्ने भनेर अल्झिने बेला होइन ।

गठबन्धन गरेर आयौं, जनतामाझ कांग्रेसलाई मजबुत बनाउनुप¥यो । चुनावमा एक्लै लड्ने बनाउनुप¥यो, त्यो ४ वर्ष पछिको कुरा हो त्यसमा अल्झिनपर्ने केही छैन ।’

उनले वैदेशिक रोजगार अहिले चूनौतीपूर्ण बन्दै गएको भन्दै सरकारले त्यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए । ‘अहिले हामी चलेको बाटोले युवायुवती नेपाल नै नबस्ने भए नि । यो कति ठूलो चुनौती छ । यो चुनौतीलाई हामीले रोक्न प¥यो नि,’ उनले भने ।